Friday, May 22News That Matters

अस्पतालको झ्याल फोडेर कोरोना संक्रमित फरार

पूर्णपुष्टि, जेष्ठ, ११

जनकपुर अस्पतालबाट एक जना कोरोना संक्रमित झ्याल फोडेर फरार भएका छन् ।  प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनबाट आइतबार ४० बर्षिय कोरोना संक्रमित फरार भएको हो । संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।

आइसोलेसन कक्षबाट भागेका संक्रमित सर्लाहीका पुरुष हुन् । उनको खोजी कार्य भइरहेको २ नं प्रदेश प्रहरीले जनाएको छ । ’संक्रमितको मानसिक स्थिति ठिक नभएकाले उनले पटक(पटक भाग्ने प्रयास गरिरहेको अस्पतालले जनाएको छ । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए ।

आज बिहान भने उनी झ्याल फोडेरै भागेका भागेको अस्पतालले बताए । अस्पतालका अनुसार यसअघि पनि उनले पटक(पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए ।