
पुर्णपुष्टि,असोज १९
आइतबार स्थगीत भएको नेपाल सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवाल बैठक भोली बोलाइएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । दुई अध्यक्ष बीच भएको भेटपछि नेकपाले सचिवालय बैठक बोलाइएको हो ।
(नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भेट घाट कार्यक्रममा बैठक भोली बोलाइने जनाएको छ ।

नेकपाले सचिवालय बैठक शनिबार नै बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, शनिबार दिउँसो प्रधानमन्त्रीका सचिवालय सदस्यहरु सहित सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमा संक्रमण पुष्टि भएपछि आइतबारको सचिवालय बैठक पनि स्थगित भएको थियो ।
आइतबार स्थगित भएको सचिवालय बैठक भोलि (मंगलबार) दिउँसो चार बजे बोलाइएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए ।
उनका अनुसार दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समेत सामान्य छलफल भएको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ ।

