आईसीसी वरीयता २ नेपाली खेलाडी

मंसिर ४ गते ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी २० वरीयतामा नेपालका २ जना खेलाडी मात्रै अटाएका छन् । आईसीसीले टप सयको लिस्टमा नेपालका सन्दीप लामिछाने र सोमपाल कामी मात्रै अटाएका हुन् ।

सन्दीप ४ सय १४ रेटिङ प्वाइन्टका साथ ७८ औं स्थानमा थिए । गएको महिना उनको वरीयता ६४ औं स्थान रहेको थियो । यस्तै सोमपाल कामी भने पहिलो पटक टी २० को बलिङ तर्फको वरीयतामा परेका छन् । उनी ३ सय ७५ रेटिङ प्वाइन्टका साथ ९५ औं स्थानमा रहेका छन् ।

यसअघि वरीयतामा रहेका करण केसी, अविनास बोहरा भने बाहिरिएका छन् । टी २० को व्याटिङतर्फ पारस खड्का ४ सय ५२ रेटिङ प्वाइन्टका साथ ५५ औँ स्थानमा रहेका छन् । उनी गएको महिना ४५ औँ स्थानमा थिए ।

८० रेटिङ प्वाइन्टका साथ पारस अलराउण्डर तर्फ ३३ औँ स्थानमा पुगेका छन् । उनी पछिल्लो महिना २४ औँ स्थानमा रहेका थिए । यसैगरी ५९ औँ स्थानमा रहेका सोमपाल कामी एक स्थान तल झर्दै ६० औँ स्थानमा पुगेका छन् । अलराउण्डरतर्फ नेपाली टिममा संकट मोचकको उपमा पाएका करण केसी ८३ औँ स्थानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: