Friday, May 22News That Matters

आईसोलेसनमा राखिएका १ जनाको मृत्यु

पूर्णपुष्टि, जेठ १४ गते । 

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको छ । कैलालीका गौरीगंगा नगरपालिका–७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

मंगलबार नै भारतको महाराष्ट्रबाट फर्किएपछि क्वरेन्टीनमा रहेका ती पुरुष मंगलबार साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । मृतकको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको जनाईएको छ ।

अस्प्तालको अनुसार ती व्यक्तिको  बिहान ६ बजे मृत्यु भएको हो । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।