Tuesday, June 2News That Matters

आगलागीबाट करोडौँको क्षती

बैशाख ५ 

झापाको छुट्टाछुट्टै ठाउँमा गतराति भएको आगलागीबाट करोडौँको क्षती भएको छ ।

बुद्धशान्ति गाउँपालिका–४ देवी बस्तीको ज्योती विमलीको बाख्रा फार्ममा राति करिब साढ २ बजे आगलागी हुँदा ६५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

आगलागी हुनुको कारण खुलेको छैन । त्यस्तै, भद्रपुर नगरपालिका ७ को फर्निचर उद्योगमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

चट्याङ्ग परेर विद्युत सर्ट हुँदा यादवराज पोखरेलले सञ्चालन गरेको फनिर्चन उद्योगमा आगलागी भएको थियो । उक्त आगलागीमा १ करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ ।