
सुनसरी, जेठ २२ गते ।
सुनसरीको धरान उप–महानगरपालिका–१५ सिद्धकाली चोकको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ ।
बिहान सवा ८ बजे अचानक आगलागी हुँदा ८७ बर्षीया धनमाया श्रेष्ठ र ५८ बर्षीया सिता श्रेष्ठको आगोले जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उक्त आगो नेपाल प्रहरी, शशस्त्र प्रहरी र धरान र ईटहरीबाट गएको दमकलको सहयोगमा बिहान पौने १० बजे नियन्त्रणमा आएको थियो । घटनाको थप अनुसन्धान भईरहेको जनाईएको छ ।
बर्षा याम शुरु भए संगै आगलागीका घटना बढीरहेकोले सबैले सचेत भई आगलागी हुने बस्तुमा बिशेष ध्यान दिनु आम नागरीकहरुमा प्रहरीले अनुरोध गरेकोे छ ।
