Tuesday, January 14News That Matters

आगलागीमा ३ करोडको क्षति

उदयपुर, पुस ९ गते ।

उदयपुरको पश्चिमी नगरपालिका कटारीमा आग्लागी हुदाँ तीन कारोड बराबरको क्षती भएको छ ।

कटारी नगरपालिका वडा नं ८ स्थित गल्टारमा चुनढुङ्गा खानीको ट्र्याङ्कर र स्काईभेटरमा आग्लागी हुदा करिब तीन करोडको क्षती भएको हो ।

सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा राखिएको ट्याङ्कर र दुई वटा स्काईभेटर जलेर नष्ट भएको थियो । राती ११ बजे एक्कासी आग्लागि हुदाँ डिजेल सहितको ट्र्याङ्कर र २ वटा स्काभेटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए ।

आगो स्थानियबासी, प्रहरी र कनपाका दमकलको प्रयासमा आगो नियन्त्रण लिएपनि उक्त ट्र्याङ्कर र स्काभेटर काम नलाग्ने भएर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आग्लागी क्षतीको प्रारम्भीक अनुमान तीन करोडक गरी घटनाको अनुसन्धान कार्य सुरु गरिसकेको जिल्ल प्रहरी कार्यालय उदयपुरले जनाएको छ