
पूर्णपुष्टि, फागुन १८
राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा पनसर््थापनाको पहल गर्न सरकारसँग आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आज एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी हुन् ।
हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिमको न्यूनिकरण गर्न पूर्व तयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचनाको विकास गर्नुपर्ने खाँचो महसुस गरेको वक्तव्यमा उल्लेख छ ।
दोभान बजारमा मंगलबार आगलागी हुँदा ५० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
