
माघ ९ गते ।
आज कोरियन वन र मलेसियन रिंगिटको भाउ बढेको छ भने दिनार र ओमानी रियाल केहीभाउ घटेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो खरिददर १ सय १३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २३ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा नै रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा नै थियो ।
ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ४८ पैसा रहेको छ । हिजो खरिददर २ सय ९६ रुपैयाँ २२ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा तोकेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा नै थियो ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ पैसा १० पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ पैसा ०५ पैसा रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा थियो ।
कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ६ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ३ पैसा तोकेको छ । हिजो खरिददर ३७४ रुपैयाँ २१ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ १८ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ९७ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १ रुपैयाँ ४० पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ९९ पैसा थियो ।
