Sunday, June 28News That Matters

आजको विनिमय दर

पूर्णपुष्टि, कात्तिक २१ 

आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३३ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ ।
ओमानी रियाल १ को खरिददर ३ सय ७ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा छ भने मलेसियन रिंगिट एककोे खरिददर २८ रुपैयाँ ६१ पैसा बिक्रीदर २८ रुपैयाँ ७६ पैसा तोकेको छ ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ५५ पैसा र बिक्रीदर १० रुपैयाँ ६० पैसा पुगेको छ ।  त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३ सय ९० रुपैयाँ १७ पैसा रहेको छ भने बहराइन दिनार १ को खरिददर ३ सय १४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३ सय १६ रुपैयाँ ४५ पैसा रहेको छ ।