
पूर्णपुष्टि, असार २४
कोरोनाको महामारीका बेलामा विदेशी मुद्राको भाउ बढिरहेको छ । आज बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय २० रुपैयाँ २० पैसा तोकेको छ ।
त्यस्तै साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०५ पैसा रहेको छ । त्यसतै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ १ पैसा रहेको छ ।
त्यस्तै ओमानी रियाल १ को खरिददर ३ सय ११ रुपैयाँ ३८ पैसा रहेको छ भने यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा छ । त्यस्तै मलेसियन रिंगिट एककोे खरिददर २७ रुपैयाँ ९७ पैसा बिक्रीदर २८ रुपैयाँ ११ पैसा तोकेको छ ।
कोरियन वन १ सयको खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा पुगेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ८८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३ सय ९० रुपैयाँ २७ पैसा रहेको छ ।
त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३ सय १८ रुपैयाँ ८० पैसा रहेको छ ।
