
पूर्णपुष्टि, चैत १०
आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु हुँदैछ । पहिलो खेलमा आज बंगलादेश र किर्गिस्तानले खेल्दैछन् ।
प्रतियोगितामा नेपालका लागि गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् । नेपाली टोलीको तयारी राम्रो भएकाले नतिजा पनि सुखद नै आउने अपेक्षा गरिएको छ । नेपाली टोलीमा चोटको समस्या नरहेको र लामो समयदेखिको अभ्यासका कारण राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिने जनाईएको छ ।
नेपालले आफ्नो पहिलो खेल १२ गते बिहीवार किर्गिस्तानसँग खेल्नेछ । नेपालले दोश्रो खेल चैत १४ गते बंगलादेशसँग खेल्नेछ ।
त्रिदेशीय लिगको फाइनल खेल चैत १६ गते हुनेछ ।
