Friday, May 22News That Matters

आजदेखि सवारी पास बन्द

पूर्णपुष्टि, साउन २९

आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जानको लागी सवारी पास बन्द भएको छ । गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै आजदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

योसँगै अत्यावश्यक कामबाहेकका लागि यसअघि लिइएका पास पनि रद्द भएको गृह मन्त्रालयले जनाएको छ । कोरोनाको संक्रमण बढ्दै गएकाले जिल्ला स्तरका पास वितरणमा रोक लगाइएको जनाईएको छ ।

यसअघि सरकारले अत्यावश्यक कामका लागि एक जिल्लाबाट अर्को जिल्ला जानको लागि गाडीको पास वितरण गर्दै आएको थियो । तर अब अत्यावश्यकबाहेकका लागि गाडीको पास बन्द भएको गृह मन्त्रालयले जनाएको छ ।