आजदेखी महिला फिफा विश्कप सुरु

पूर्णपुष्टि, साउन ४ । नवौँ संस्करणको महिला फिफा विश्वकप आजदेखी सुरु हुदैँछ । यस पटकको विश्वकप अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको छ ।

पहिलो पटक दुई राष्ट्रले आयोजना गरेको यस संस्करणमा ३२ राष्ट्रबिच प्रतिस्पर्धा हुनेछ । अस्ट्रेलियाको ६ र न्युजिल्याण्डको ४ गरी कूल १० स्टेडियममा आजदेखी खेलाईने विश्वकपको उद्घाटन खेलमा नर्वे र न्युजिल्याण्ड भिड्ने छन् । समुह ‘ए’ मा रहेको नर्वे र न्युजिल्याण्डको उद्घाटन खेल अकल्याण्डस्थित एडेन पार्कमा नेपाली समय अनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

यस्तै आज समूह बी मा रहेको आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबिचको दोस्रो खेल सिड्नीस्थति स्टेडियम अस्ट्रेलियामा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । महिला विश्वकपमा अमेरिका सार्वाधिक उपाधि जित्ने राष्ट्र हो । अमेरिकाले ४ पटक महिला विश्वकपको उपाधि जितेको छ । यस्तै जर्मनीले दुई पटक तथा नर्वे र जापानले समान एक–एक पटक उपाधि जितेको छ ।

एसियन राष्ट्र जापानले २०११ मा उपाधि जितेपछि अमेरिकाले लगातार २०१५ र २०२१ मा उपाधि जितेको थियो । यस पटकको प्रतियोगिताको दाबेदारको रुपमा रहेको अमेरिका लगातार तेस्रो उपाधि जित्ने योजनामा छ । महिलो पटक महिला विश्वकपको पहिलो दिन दुई खेल हुदैँछ । १० स्टेडियममा खेलाइने विश्वकपको फाइनल खेल आगामी अगष्ट २० मा सिड्नीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0