Tuesday, January 14News That Matters

आजबाट छैठौं संस्करण सुरु, नारदमुनी गोल्डकपको करोडको अक्षयकोष खडा गरिने

पूर्णपुष्टि, कात्तिक १७ गते ।

बसाहा-नारदमुनी गोल्डकप उदयपुरले एक करोडको अक्षयकोष खडा गरी संस्थागत विकास गर्ने लक्ष लिएको छ । आजबाट सन्चालन हुने गोल्डकपको छैटौं संस्करणको अवसरमा विहान आयोजित पत्रकारसम्मेलनमा मूल आयोजक समितिका संयोजक भिम वान्तावाले बसाहाबासीको साझा पहलमा केही वर्षभित्रै करोडको अक्षयकोष खडा गरी संस्थागत विकास गर्ने लक्ष रहेको बताए ।

गक्ष अनुसार ४० रुपैयादेखि ४० हजारसम्मको सहयोगमा छ बर्षअघि थालिएको गोल्डकपले निरन्तरता पाउदै छैठौं संस्करणमा आइपुगेको र आगामी वर्षहरुमा अझ भव्य र व्यवस्थित बनाउन अक्षयकोष खडा गर्ने मुल लक्ष लिइएको बताए ।

एक ऐतिहासिक व्यक्ति प्रजातान्त्रिक योद्धा नारदमुनी थुलुङको स्मृतिमा थालिएको गोल्डकपको लोकप्रीयता बढ्दै गएको बताउदै विगतभन्दा यसवर्ष अझ व्यवस्थित र भव्य तयारी भएको आयोजक बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए ।

चौदण्डीगडी नरपालिकाको संयोजनमा आजबाट सन्चालन हुने गोल्डकप फुटबल प्रतियोगितामा विभिन्न आठ टिमले भाग लिएका छन् । फाईनल खेल आगामी २४ गत हुने प्रतियोगिताको आजको उद्घाटन खेल न्यूस्टार क्लव सुनसरी र डिएफसी मोरङबीच हुदैछ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु २ लाख र दोस्रो हुनेलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।