
ओम श्रेष्ठ
आज असार ३१ अर्थात जुलाई १५ “विश्व युवा दक्षता दिवस“ संयुक्त राष्ट्रसंघले सन् २०१४ मा घोषणा गरेर नेपालले पनि यो दिवस मनाउन थालेको आज ७ वर्ष पुग्यो । विश्व भरि छरिएर रहेको विभिन्न जात, धर्म, लिङ्ग, समुदाय, भुगोल, वर्ग र विभिन्न तह र तप्कामा छरिएर रहेको युवाहरुको मौलिक रितिरिवाज, कला, पेशा भित्र रहेको क्षमतालाई सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाउनु थालिएको हो ।
आज विश्वभर छरिएर रहेका युवाहरूमा बढ्दै गइरहेको बेरोजगारी र आफ्नो क्षमता, योग्यतानुसारको काम आफ्नै देशमा नपाईरहेको अवस्थामा यो रोगबाट नेपाली युवाहरू पनि सामाजिक, आर्थिक र मानसिक रुपमा असर परिरहेको देख्न सक्छौ ।
हुन त १६ वर्ष देखि ४० वर्षसम्मको व्यक्तिहरूलाई सामान्यतया युवा भन्ने गरिन्छ त आजको यो विश्व ब्रमाण्डमा युवा भनेको सोच हो त्यसमा नकुनै उमेर समुह न कुनै शाररिक अवस्थालाई जनाउँदछ ।
यो लेखिरहँदा समाज र देशमा बेरोजगार मात्र होइन, उनीहरुले रोजगार पाइहाले पनि निम्न गुणस्तरको काम पाउने र काम अनुसारको दाम नपाउने गरेको देख्न सक्छौं । महिला र पुरुषमा असुरक्षा र असमानता हुने गरेको पनि पाइन्छ । हरेक युवाहरूमा आफ्नो काम, मिहिनेत अनुसारको पारिश्रमिक थाप्ने रहर हुन्छ । तर मस्तिकमा सोच, मुटुमा जोश र पाखुरामा बल हुँदाहुँदै पनि रोजगार गुमाउने डरले आवश्यक दक्षता हुँदाहुँदै युवा जोशलाई कामको भारीले थिचेर पाएको धेरथोर पारिश्रमिकमा चुप लागेर लिन बाध्य छन् ।
यो दिवस मनाई रहँदा कयौं युवाहरू आफ्नो दक्षता प्रदर्शन गर्न नपाएर घर मै सुतेर दिन, महिना र वर्षहरू विताईरहेका होलान्त कतै कामदारहरुको दक्षता र बजारलाई आवश्यक दक्षता नमिल्नाले नै बेरोजगारी बढिरहेका पनि छन् । तर युवा बेरोजगारी कुनै व्यक्तिगत समस्या मात्र नभएर सिंगो देशको समस्या रहेको छ । विश्व व्यापारीकरण र प्रविधिको विकासका कारणले विश्वभर मानिसहरुको आवश्यकता बढ्दै गइरहेको छ । तर नेपाल जस्तो गरिव राष्ट्रमा आफ्नै देशमा केहि गर्छु भन्ने जोस र सोच भएका मानिसहरूले आफ्नो दक्षता, क्षमता देखाउन नपाएर विदेशीभूमिमा आफ्नो श्रम वाध्यतावस काम गर्नु परिरहेको छ भने आफ्नै देशमा पनि निम्न स्तरका काम भनेर चिनिआएको वटेर, कुक, सेल्समेन, पसलमा सामान वेच्ने कामदार, सेवा प्रदाय कामदार ड्राइभर, क्लिनीङ, जस्ता कामबाट आउने आम्दानीबाट पनि देख्न सक्छौँ ।
संरचात्मक बेरोजगारीले विश्वका सबै क्षेत्रहरुमा नकारात्मक प्रभाव पार्दछ । युवाहरुलाई सक्षम बनाउनका लागि आवश्यक सीप विकास गर्नु आजको आवश्यक्ता हो ।
यसले नेपालको अर्थतन्त्रमा मात्र नभई समावेशी र समान
समाज निर्माण गर्ने २०३० को दिगो विकासको लक्ष्यमा समेत खलल पुर्याउँछ । दिगो विकासको लक्ष्यको जिम्मा संयुक्त राष्ट्रसंघको मात्र होइन । यो हरेक राष्ट्र र समुदायले अपनत्व लिएर आफ्नो समाजको विकासका लागि आफै प्रयास गर्ने हो । हामि नेपाल युवाको जिम्मा नेपालसरकारले नै लिने हो ।
देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरचनामा गईसकेको र संविधानमा नै लेखिसकेको अवस्थामा हाल सबै गाउँपालिका र नगरपालिकाका युवाहरुको विषयमा स्थानिय सरकारहरूले पनि युवाहरूको दक्षतालाई ध्यानमा दिएर उनिहरूलाई रोजगारी दिनु पर्छ । युवाहरूको क्षमता र योग्यताको आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेस गर्दै उनिहरूलाई तालिमसँगै रोजगार दिनु पर्दछ । यि सबै युवाहरूको रोजगारको ग्यारेण्टी स्थानिय सरकारको दायित्व पनि हो । त्यति मात्र नभएर युवालाई कसरी हुन्छ बजारको माग अनुरुप दक्ष बनाउने कर्तव्य स्थानियबसरकारको हो । यसमा युवाले पनि आफ्नो काम, कर्तव्य, जोश र जाँगरको सही सदुपयोग गर्नु पर्ने हुन्छ । जबसम्म युवाहरूमा भएको क्षमता र दक्षताको आधारमा सरकारले काम गर्दैन तबसम्म लाँदिएका नीति तथा कार्यक्रमले मात्र बेरोजगारी हट्न सक्दैन ।
सरकारले शिपमुलक तालिक भन्दै विभिन्न तप्काका सबै खाले युवाहरूलाई विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु सञ्चालनमा नल्याएका पनि होइनन् । ऋण प्रदान, सहजीकरण, स्वरोजगारीका लागि विभिन्न क्षेत्रको पहिचान र सम्भाव्यता अध्ययनमा पनि काम गर्दै आइरहेको छ । तर नेपाल सरकार र स्थानिय सरकारले घोषणा गरेको जस्तो युवा निर्माण किन गर्न सकिरहेको छैन आजको चुनौती बनेको छ ।
हिजो भर्खर मात्र व्याचुलर अन्तिम वर्षको नतिजा प्तकाशन भएको छ । तर अव देशमा बसेर के गर्ने भन्ने अन्योल ति युवाहरूमा पर्न थाल्नेछ । देश भित्रै केहि गर्छु भन्ने सोच बोकेका युवा जनशक्तिहरू के कारण विदेशिदैछन? आज यो गम्भिर प्रश्न हामि माझ आएको छ कसरी ति दक्षता, क्षमता, शिक्षित, बौद्धिक युवाहरूलाई आफ्नै देशमा केहि गर्नको लागि उत्प्रेरणा जगाउने? कसले जगाईदिने? आवत प्रश्नका चाङ्ग हामिमाझ छ ।
आज विभिन्न एनजिओ, आईएनजिओले विश्व युवा दक्षता दिवस अनेक क्रियाकलाप गरेर मनाउँदैछ । तपाई सबैलाई आ–आफ्नो तह र तप्काबाट युवाहरूलाई प्रेरणा दिने दक्षतापुर्ण काम सिपयुक्त युवा सृजना गर्दै हामि सबै युवाहरूले हातेमालो गर्दै अगाडि बढ्न र युवाहरू भित्र लुकेर रहेको क्षमता, सोच र जोसलाई अगाडि बढाउन भुमिका खेल्न हुन अनुरोध गर्दै विश्व युवा दक्षता दिवशको शुभ कामना दिन चाहान्छु ।
जय युवा !
युवा संघ नेपाल, उदयपुर
