Friday, May 15News That Matters

आज उपचुनावको लागि उम्मेदवारको मनोनयन दर्ता

कात्तिक २१ गते । 

आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको उपचुनावका लागि उमेदवारको मनोनय दर्ता हुदैछ । आउँदो मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उपचुनावको लागि विहिबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुदै गरेको निर्वाचन आयोगले जनाएको हो ।

उम्मेदवारी दाबी विरोध उम्मेदवारी फिर्ता लगायत प्रक्रिया पूरा गरी उम्मेदवारको अन्तिम नामावली आउँदो आइतबार प्रकाशन गर्ने आयोगले जनाएको छ । त्यस्तै आउँदो बुधबार मात्रै पालिकाका सदस्य पदको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगले जनाएको छ  ।

मंसिर १४ गते प्रतिनिधिसभाका एक जना सहित तीनजना प्रदेशसभा सदस्य र पालिकाका चार जना प्रमुख, एक जना उपाध्यक्ष र ४३ जना वडाअध्यक्ष गरी ३७ जिल्लाका ५२ ठाउँमा मंसिर १४ गते मतदान हुँदैछ ।

निर्वाचन आयोगले उपचुनावका लागि २ सय ४७ वटा मतदान स्थल र ५ सय ३७ वटा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले उपचुनावमा भाग लिनेछन् । गत ८ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । उपचुनावको लागि आउँदो मंसिर ५ देखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन आयोगले जनाएको छ ।