Thursday, May 28News That Matters

आज केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

पूर्णपुष्टि, बैशाख ११ गते । 

आज पहाडी क्षेत्रका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रिमनसुनी अर्थात् मनसुन अघिको गतिविधि सक्रिय भएकाले दिउँसोपछि पानी पर्नेछ । यस्तै शुक्रबार पश्चिम तथा मध्य र पूर्वका केही ठाउँमा पानी पर्नेछ । शनिबार भने अलि थोरै पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।