Tuesday, June 2News That Matters

आज घाम लाग्ने

पूर्णपुष्टि, चैत १

आज देशका धेरै ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिनभरि नै देशका धेरै ठाउँमा घाम लाग्ने छ ।

पश्चिमी वायुको प्रभाव खासै नरहेकाले आज दिनभरिकै मौसम सफा रहने छ । तर, प्रि–मनसुनको समय भएकाले बेलुकी पख भने केही  पहाडी जिल्लाको मौसम बद्ली भएर चट्याङसहित हल्का पानी पर्ने जनाएको छ ।

विशेषगरी धादिङ, गोरखा, ओखलढुङ्गालगायत केही पहाडी क्षेत्रमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ ।