
पूर्णपुष्टि, असार २१
नेपालमा आज थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
त्यस्तै आज थप १ सय ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।
