
पूर्णपष्टि, असोज १४ गते ।
आज दशैंको टिका । हर्षोउल्लासका साथ मान्यजनको हातबाट आशिर्बादसहित टिका थापिने दिन । यसबर्षको टिकाको शुभसाईत ११ – ५५ मिनेटमा रहेको छ ।
विहानदेखि साईतको पर्खामा बस्दै विभिन्न तयारी भईरहेको छ । साईत लगत्तै टिका लाउने र लगाउने विशेष रुपले हुन्छ । राम्रो लाउने र मिठो खाने दिनको रुपमा पनि लिइन्छ दशैं । नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, चामलको टिकाले निधार सजाइन्छ ।
हिन्दु धर्मावलम्बीको विशेष पर्व दशैंमा नेपाली हुनुको नाताले सबै धर्मावम्बीहरुले मनाउने गर्दछन् । केही आदिबासी जनजाति समुदायले भने रातोको सट्टा सेतो टिका लगाउने चलन छ ।
आजको विशेष पर्वको दिन उदयपुरका जनप्रतिनिधि प्रमुखहरुले जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परिवारले जिल्ला समन्वय समितिको तर्फबाट सबैमा शुभकामना व्यक्त गरेका छन् । त्यस्तै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, चौदण्डीगडी नगरपालिकाका मेयर निर्मलकुमार राई र बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्ती)ले नगरबासी तथा देशविदेशमा रहेका समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । (शुभकामना उहाँहरुकै आवाजमा सुन्न सक्नुहुन्छ)