
पूर्णपुष्टि, वैशाख २१ ।
नेपालगन्जको प्रयोगशालामा स्वाव परीक्षणबाट आज ९ जनामा कोरोना संक्रमण देखिएको सरकारले पुष्टि गरेको छ । ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ । साथै पर्सा जिल्लामा पनि ३६ वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको जनाएको छ । नेपालगञ्ज र पर्सागरी आज १० जनामा कोरोना र्सक्रमण पुष्टि भएको हो । यो संगै कोरोना कोरोना संक्रमितको संख्या ६९ पुगेको मञ्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जका ९ जना गरी १० जनामा आज संक्रमण देखिएको जनाएका हुन् ।
आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ४९ हजार ६ सय ८८ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ४ सय १४ परीक्षणहरु भएको जनाएको छ ।
त्यसैगरी आइतबारसम्मको अपडेटमा आइसोलेसनमा देशभरी ७८ जना रहेका छन् । काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ७३ जना रहेका छन् । क्वारेन्टाइनमा २१ हजार ९ सय ५१ जना रहेको पनि मञ्त्रालयले जनाएको छ ।
