
पूर्णपुष्टि, साउन २३
नेपालमा आज थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उक्त संक्रमित मध्ये पछिल्लो २४ घण्टामा थप ४ सय २५ जना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाका कारण मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।
