Tuesday, July 7News That Matters

आज पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस

पूर्णपुष्टि, पुष २७ । आज नेपाली पात्रो अनुसार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाईने चलन छ । प्रत्यक वर्षको पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जम्मजयन्ती आज विविध कार्यक्रको अयोजना गरी मनाईदै छ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती परेको छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यकामा विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफलभएका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।