
पूर्णपुष्टि, फागुन २४
आज पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक सरेर ३ बजे बस्ने जनाईएको छ ।
सर्वोच्च अदालतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसलाको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय लिइने जनाएको छ ।
सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता नै खारेज गरी एकीकरण अघिका एमाले र माओवादी केन्द्रलाई ब्यूँताउने आदेश दिएको छ ।
ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि एमाले र माओवादी केन्द्रबीचको एकीकरण संकटमा परेको छ ।
