Thursday, May 21News That Matters

आज प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

पूर्णपुष्टि, फागुन १९ 

आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ । सचिवालयको निर्णय अनुसार केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने जनाईएको छ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रचण्ड–माधव समूहका नेताले दौडधूप गरिरहेका छन् ।

आगामी सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका नेताहरुलाई समेत भेटेर छलफल गरिसकेका छन् ।

२३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले पनि कसरी प्रस्तुत हुने विषयमा प्रचण्ड–माधव समूहले केन्द्रीय समितिबाट रणनीति तय गर्ने बुझिएको छ ।