Tuesday, June 23News That Matters

आज प्रथम कम्युनिष्ट प्रधानमन्त्रि मनमोहन अधिकारीको स्मृति दिवस

पूर्णपुष्टि, बैशाख १३ गते । 

आज नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा तत्कालीन नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस परेको छ ।

गत वर्षहरुमा अधिकारीको सम्झनामा भब्य कार्यक्रमहरु हुने भएपनि यस वर्ष कोरोना भाईरसका कारण औपचारिक कार्यक्रम भएन ।

विसं १९७८ सालमा काठमाण्डौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । लामो राजनीतिक संघर्षका क्रममा अधिकारीले १७ वर्ष जेल जीवन विताएको थियो । पढाइको सिलसिलामा भारतको बनारसमा भारत छोडो आन्दोलनमा सहभागि हुँदा अधिकारी बनारसमा जेल परेकोे थियो ।

जेलमा भित्र भारतीय कम्युनिष्ट नेतासँगको भेटघाटले अधिकारीलाई कम्युनिष्ट पार्टीमा संगठित गरायो । २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व अधिकारले गरेको थियो । अधिकारी २०५१ सालमा नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नेको हो ।

अधिकारीको नेतृत्वको ९ महिने सरकारले आफ्नो गाउँ आफै बनाउँ, वृद्धभत्ता लगायतका लोकप्रिय कार्यक्रम सुरु गरेको थियो । अधिकारीलाई सादा जीवनशैली र इमानी नेताका रुपमा चिनिन्छ ।