
पूर्णपुष्टि, जेठ ३० गते ।
अहिले देशमा धेरै ठाउँमा मौसम बदली भए पनि साँझ पख धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रि मनसुन कायमै रहेको र स्थानीय वायुसँगै बंगालको खाडीमा न्यूनचापीय रेखा विकसित भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने महाशाखाले जनाएको छ ।
बेलुकीपख प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशसँगै प्रदेश ५ मा वर्षाको सम्भावना छ । नेपालमा मनसुनी गतिविधि भने अझै सक्रिय भइनसकेको जनाईएको छ ।
