Wednesday, May 27News That Matters

आज मध्य र पूर्वी पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना

पूर्णपुष्टि, फागुन २७ गते । 

आज नेपालको मध्य र पूर्वी पहाडका एक÷दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले मङ्गलबार मध्य र पूर्वी पहाडका केहि ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हो ।

देशभरि नै घाम लाग्दै बादल लाग्नेछ भने दिउँसोपछि मध्य र पूर्वी पहाडी क्षेत्रको केहि ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।