Monday, April 20News That Matters

आज मौसम सफा रहने

पूर्णपुष्टि, फागुन १८ 

आज देशभरको मौसम सफा रहने भएको छ । अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी ठाउँको मौसम सफा रहने जनाएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागे पनि वर्षा र हिमपातको सम्भावना भने नरहेको जनाएको छ ।

भोलि पनि आज जस्तै देशका सबैजसो ठाउँको मौसम सफा रहने र पर्सि बिहीवारदेखि भने सामान्य बादल लागेर पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना रहने जनाएको छ ।