Sunday, June 28News That Matters

आज शयर बजार ६३ अङ्कले बढ्यो

पूर्णपुष्टि, चैत ८

आज शेयर बजार ६३ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ६३.३८ अङ्कले बढेर २५ सय ३८.४६ विन्दुमा पुगेको हो ।

बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, व्यापार समूहको १३, होटल तथा पर्यटनको एक सय ५३, विकास बैंकको ४७, जलविद्युतको १३, फाइनान्स समूहको ६, माइक्रो फाइनान्स समूहको दुई सय २६, उत्पादनको एक सय ७२, अन्यको ५८, जीवन बीमा समूहको शेयर सात सय ४२, निर्जीवन बीमाको पाँच सय ६१ र लगानी समूहको शेयर १.२५ अङ्कले बढेको छ ।

आइतबार दुई सय ६ कम्पनीका एक करोड २४ लाख ३० हजार कित्ता शेयर पाँच अर्ब ९१ करोड ९८ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ३९ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

स्वरोजगार, महिला र सूर्योदय लघुवित्त कम्पनीको शेयर मूल्य १० प्रतिशत र अन्य सात वटाको नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजारमा सुधार आए पनि ग्रीन लाइफ र खानीखोला हाइड्रो कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।