Sunday, May 17News That Matters

आज श्रीपञ्चमी, विद्याकी देवी माता सरस्वतीको पूजाआराधना गरिँदै

पूर्णपुष्टि,फागुन ४

आज श्रीपञ्चमीको दिन विद्याकी अधिष्ठात्री देवी माता सरस्वतीको पूजाआरधना गरि मनाईदै छ । आजका दिन विषेश गरी शिक्षा क्षेत्रमा लागेका शिक्षक र विद्यार्थी वर्गको लागि महत्व पूर्ण मानिन्छ । आज सरस्वती पूजाको अवससरमा स्कुल,कलेजहरुमा पूजा गर्नुका साथै विभिन्न सांस्कृतीक कार्यक्रमहरु गरिन्छ ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कूची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।