Thursday, April 30News That Matters

आज सुनको भाउमा बढ्यो

पूर्णपुष्टि,वैशाख २३

आज सुनको भाउमा वृद्धि भएको छ । आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउमा वृद्धि भएता पनि चाँदीको भाउमा भने गिरावट भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलामा १ हजार ३ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।