Monday, June 22News That Matters

आज सुनको भाउ ह्वात्तै बढ्यो

पूर्णपुष्टि, वैशाख २४

साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ह्वात्तै बढेको छ । आज सुन तोेलामा एक हजार एक सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९० हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार सात सय रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा बढेको मूल्यका कारण नेपाली बजार पनि प्रभावित हुनु मूल्य बढ्नुको एक मात्र कारण रहेको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको भाउ पनि आज बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर एक हजार तीन सय ३० पुगेको छ । हिजो चाँदी तोलामा एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।