Friday, May 8News That Matters

आज सुनको मूल्य घट्यो

 कात्तिक १९ गते । 

आज सुनको मुल्य घटेको छ । मंगलबार छापावाल सुन तोलाको २ सय रुपैयाँले घटेको हो ।

बजारमा छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बजारमा छापावाला सुन प्रतितोला ७१ हजार रुपैयामा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले घटेको छ तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५ सय रुपैयामा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मुल्यमा पनि प्रतितोला ५ रुपैयाँ घटेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।