
उदयपुर, पुस १६ गते ।
आज उदयपुरका स्थानीय तहहरुले पर्यटकिय स्थलहरुमा विभिन्न कार्यक्रम गरी नेपाल भ्रमण वर्षको स्वागत गर्दैछ । सन् २०२०को शुभारम्भलाई पालिका भित्र पर्ने पर्यटकिय स्थलमा विभिन्न कार्यक्रमको आयोजना गरी स्वागत गर्ने भएको हो ।
रौतामाई गाउँपालिकामा पर्ने जिल्लाकै धार्मीक तथा पर्यटकिय स्थल रौता पोखरी, चौदण्डिगढी नगपालिकाको चौदण्डिगढी दरबार, उदयपुरगढी गाउँपालिकाको उदयपुरगढी दरबार र बेलका गनरपालिकाले पर्यटकिय स्थलहरुमा भब्य कार्यक्रमको आयोजना गरीएको छ ।
अन्य पालिकाहरुले वर्ष भरी विभिन्न कार्यक्रम गरी पालिका भित्र रहेका पर्यटकिय स्थलको प्रसार प्रचार तथा संरक्षण गर्ने पालिकाहरुले जनाएको छ ।
