
पूर्णपुष्टि, चैत ३० ।
सुरक्षाकर्मीले लकडामा अझ कडाई गरेसंगै जिल्ला प्रहरी कार्यालय उदयपुरले आज १९ औं दिन उदयपुरमा ४१ जनालाई नियन्त्रणमा लिएको छ ।
हिजोदेखि कडाइका साथ मानिसलाई पनि नियन्त्रणमा लिएको प्रहरीले सदरमुकाम गाईघाट क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी प्रमुख एसपी बीरबबहादुर बुढा मगरले बताउनुभयाे । विहानैदेखि दिनभरमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा परेका मध्ये ३५ जनालाई कोरोना सम्बन्धी शिक्षा तथा सतर्कता बारे शिक्षा दिएर साँझ छाडिएका छन् भने ६ जनालाई प्रहरीले थप अनुसन्धानका लागि राखेको छ । दुइजनाले लकडाउनको बेला मादक पदार्थ सेवन गरेर हिडेको पाइए पछि प्रहरीले कारवाहीका लागि राखेको हो । अन्य चारजनाको पुरानो मुद्दामामिला देखिएकाले थप अनुसन्धानमा राखेको प्रहरीले जनाएको छ । हिजो ३३ जना नियन्त्रणमा परेका थिए । जसमध्ये ३ जनालाई लकडाउन अवज्ञा तथा रोग संक्रमण ऐन अन्तर्गत मुद्दा चलाइरहेको छ ।
आज सवारी साधनहरु १० वटा नियन्त्रणमा परेका छन् । यो संगै दुई पांग्रे तथा चारपांग्रे ठूला तथा साना सवारी साधन ९ सय ६ वटा नियन्त्रणमा परेका छन् ।
नियन्त्रणमा लिइएकाहरूलाइ कक्षा लिदै गरेकाे तस्विर

