
गाईघाट/असार, २३
समाजमा दिनहु मलिाहरु प्रति घट्ने घटनाले किसोरी महिलाहरुमा डर त्रासहरु बढिरहेको अवस्था छ । देशमा हत्या, हिंसा, बलत्कार, लुटपाट जस्ता बढ्दो घटनाहरुको दिन प्रतिदिन महिलाहरु सिकार भईरहेको भन्दै राष्ट्रिय खेलकुद परिषदको आयोजना ताथ जिल्ला खेलकुद विकास समिति उदयपुरको व्यवस्थापनमा ३ दिने महिला क्षमता अभिबृद्धि प्रशिक्षण कार्यक्रम गरेको हो ।
किसोरी महिलाहरु अहिलेको अवस्थामा बढी असुरक्षित भईरहेको कारण आफ्नो आत्मा वलको क्षमता बृद्धि गर्ने र कुनै पनि टेक्निकल उपायहरु बाट त्यस्ता घटनाको तत्काल सामना गरी सुरक्षि अवस्थामा पुग्न प्रशिक्षण गराईएको व्यवस्थापक तथा टेक्निकल प्रशिक्षक प्रकास राईले बताए ।
देशै भर यस्ता घटनाहरु बढ्दो रुपमा मौलाईरहेको भन्दै ७५ ओटै जिल्लाहरुमा कार्यक्रम राखिएको राईले बताए । प्रशिक्षण कार्यक्रममा १५० जना भन्दा बढी किसोरी महिलाहरुले सहभागीता जनाएको छ ।
महिलाहरु आफैमा पनि कम्जोरी महसुस गर्ने र त्यस्ता घटनाले अझै कम्जोरी बनाई ज्यान घुमाईरहेको अवस्थामा महिलाहरु लाई कम्जोरी ठानी प्रहार गर्ने कुनै पनि अपराधिको प्रतिकार गरी आफ्नो सुरक्षा गर्न सक्ने क्षमता बृद्धिको लागी यस्तो कार्यक्रमको आयोजना भएको जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्प विकले बताए ।
बिभिन्न विद्यालय तथा बोर्डिङका विद्यार्थीहरुले कार्यक्रममा सहभागी जनाएको छ । लक्ष्मिपुर मावि, त्रियुगा मावि, बालमन्दिर मावि, लालिगुँरास बोर्डिङ, इभरग्रीन बोर्डिङ लगाएतकाले सहभागी जनाएका छन् ।
सहभागी सबैलाई केन्द्रिय प्रशिक्षक रोसनी राईले आफु प्रति आईपर्ने बिभिन्न अपराधिक घटनाहरुलाई प्रतिकार गर्ने उपायहरु सिकाईन् । उनिले बिषेश गरी महिलाहरुको शरिरको बिभिन्न आक्रमण हुने भागहरुमा घाँटी, कपाल, पेट जस्ता स्थानहरुमा प्रहार गर्दा प्रतिकार गर्ने उपायहरु सिकाईन् ।
सहभागी सबै किसोरीहरुको सँधै क्षमता बृद्धि तथा आत्मा मनोवल बढाउने भन्दै प्रमाण पत्र, टिसर्ट र क्याप समेत वितरण गरिएको गरिएका थिए ।