Friday, February 7News That Matters

आदिवासी जनजाती कम्युटर तालिम सम्पन्न

 

गाईघाट/जेष्ठ, १९

आदिवासी जनजातिहरुलाई लक्षित गरी संगम पुस्ताकलयमा सञ्चालीत ३ महिने कम्युटर तालिम सम्पन्न भएको छ । एक समापन कार्यक्रमको आयोजनामा तालिममा सहभागिहरुलाई प्रमाण पत्र हस्तन्तरण गरी तालिमको समापन गरिएको हो ।

११ नं वडाको सहयोग, आदिवासी जनजाती कम्पुटर उपभोक्ता समितिको आयोजना तथा संगम पुस्ताकालयको व्यवस्थापनमा ३ महिने तालिम सञ्चालन समापन गरिएकोे समितिको अध्यक्ष शान्ति राईले बताईन् ।

आदिवासीजनजातीहरुको क्षमता बृद्धि गर्ने भन्दै सञ्चालन गरेको तालिममा ब्यसिक र अफिस प्याकेज कोर्ष सिकाईएको थिए । जसमा २४ जना आदिवासी जनजातीहरुलाको सहभागी रहेका थिए ।

सहभागीहरुले सुलभ दरमा कम्पुटर सिकाईले ब्यसिक र अफिस प्याकेज कोर्षमा सहजता भएपनि अन्य कोर्षका लागि भने अन्योल रहेको बताएका छन् । उनिहरुले अन्य कोर्षहरुमा पनि यस्तै सुलभ र सहज वातावरण बनाउन वडा सँग अपेक्षा राखेको छ ।

यस्तै ११ न वडाका अध्यक्ष विश्वराज भट्टराईले सिकेको सिपलाई पूर्ण रुपमा सदुपयोग गर्न आग्रह गरेको छ । उनले प्रमाण पत्रलाइ सिरानी नबनाई काममा लागु गर्दा यसले सिपको न्याय र व्यक्तिगत विकासमा क्षमाता वृद्ध गर्नेमा जोड गरे ।

संगम पुस्ताकलयका अध्यक्ष भरत खड्काले वडा तथा उपभोक्ता समिति प्रति धन्यवाद प्रकट गरेको छ ।आदिवासीहरुको निम्ति कम्पुटर सिकाईका योजनाकार वडा तथा समितिलाई धन्यवाद दिँदै संगम पुस्तकालयमा फेरी पनि यस्तै तालिमहरुको लागि आफुले व्यवस्थापनमा सहयोग गर्ने पनि उनले बताए ।