Saturday, February 14News That Matters

आधारभुत पत्रकारीता तालिम समापन

उदयपुर, मंसिर २६ गते ।

उदयपुरमा आधारभुत पत्रकारीता तालिम समापन भएको छ ।

त्रियुगा मिडिया ग्रुपको आयोजनामा ५ दिने आधारभुत पत्रकारीता तालिम बुधबार समापन भएको हो ।

नयाँ तथा दक्ष पत्रकार उत्पादन गर्नको निम्ती समाचार लेख तथा रेडियो पत्रकारीता सम्बन्धि ५ दिने तालिमको आयोजना गरेको त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङ्गले बताए । तालिमको प्रशिक्षण नेपाल पत्रकार महासंघ उदयपुर शाखाको उपाध्यक्ष तथा पूर्णपुष्टि मिडिया संचालक भोटराज राईले गरेको तामाङ्गले बताए ।

मंसिर २१ गतेबाट संचालन भएको तालिम बुधबार एक कार्यक्रम गरि समापन गरिएको थियो । कार्यक्रममा त्रियुगा उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष रमेश विश्वकर्मा, त्रियुुगा जनता बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख रमेश चन्द्र रोक्का लगायतको अतिथिहरुको उपस्थितिमा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरि तालिमको समापन गरिएको तामाङ्गले बताए ।