Monday, February 17News That Matters

आफ्नो गाउँ आफै बनाऔँ भन्दै लागी परे युवाहरु

 

साल्थुम्की/असार, १

त्रियुगा नगरपालिका वडा नं १५ साल्थुकीका युवाहरु आफ्नो गाउँ विकासमा जुटेका छन् । आफ्नो गाउँ आफै बनाऔँ भन्दै उनिहरुले विकासका गतिबिधिहरुलाई समेटेर सकरात्मक सामाज र गाउँको निर्माण गर्ने तर्फ लागेको हो ।

नयाँ संरचना र स्थानीय सरकार पश्चात गाउँघरमा विकासको लहर सँगै विनास पनि बढ्ने गरेको छ । बिभिन्न बटो घाटो र विकासको काम गर्दा विनास र क्षती भएपछि गाउँघरका स्थानीयहरुलाई समस्या परेको छ ।

सरकारले गरेको बढ्दो विकास सँगै भएको विनासमा पनि उत्तिकै छिटो छरितोेले चासो दिदा गाउँघरको विकासमा सहजता आउने र विकसित गाउँ वस्ति बन्ने अभियान्ता तथा अग्रज स्थानीय युवा यम कुमार राईले बताए ।

हिउँदमा खनेको बाटोले बर्खामा फेरी समस्या निम्त्याउने विकास गाउँघरको समस्या हो । राईले भने, यसलाई तत्काल पूनःनिर्माण गर्न सके गाउँघरको विकासमा स्थानीयले राहत पाउने पनि  उनको भनाई छ ।

सरकारको काम नितिगत रुपले चल्ने हुदा बजेट र समय जस्ता कारणले तत्काल विनासको रुपलाई फेर्न नसक्दा स्थानीयहरु समस्यामा परेको भन्दै आफ्नो गाउँ आफै बनाऔँ अभियानमा गाउँको स्थानीय युवाहरु एक जुट भएको राईले बताए ।

अभियानमा युवा, बिद्धिजिवि, समाजसेवी, अग्रज, महिला र सिक्षकहरुको समेत सहभागीता रहेको छन् ।

गाउँघरमा विकास निर्माण गर्न निकै कष्टपुर्ण रहेको छ । भौगौलीक विकटताका कारण आवश्यक सामाग्रीहरु पनि गाडीले भनेको समय र भनेको स्थान सम्म पराउन समस्या छ ।

यदि पुराएपनि महँगो पैसा तिर्न पर्ने पिडा छ । यी सबै समस्यालाई समाधान गर्नका लागि नै याहाँका युवाहरु एकजुट भएको छ ।

सरकारको मात्र मुख ताक्नाले विकासमा ढिला सुस्ति र गाउँको विकासमा समेत असर पर्ने युवाहरुको बुझाई छ । मानिसले गर्न सक्ने विकास कार्यमा आफूले पनि सहयोग गरेमा गाउ्ँ विकासमा छिटो सुविधा मिल्ने स्थानीय शिक्षक लालसेर राईले बताए ।

राईले आफ्नो सक्दो काममा युवाहरुको लगानी भएमा गाउँघरलाई छिटै विकासोन्मु तर्फ लैजान सकिने बताए ।