Monday, April 20News That Matters

आमचौकमा रेडियो उद्घोषण तथा पत्रकारिता तालिम

आमचौक (भोजपुर), भदौ २३

चोमोलुङ्मा सामुदायिक रेडियोको आयोजनामा भोजपुरको आमचौक गाउँपालिकामा भएको ६ दिने रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम शनिबार सम्पन्न भएको छ । पालिकामा रेडियोले पहिलोपटक आयोजना गरेको तालिममा विभिन्न वडाका १६ जना युवाहरुको सक्रिय सहभागिता थियो ।

रेडियो प्रस्तोता तथा पत्रकार जन्माउने उद्देश्यले आयोजित तालिममा पत्रकारिता सम्बन्धी एभिन्यूज खबर टेलिभिजनका सम्बाददाता एवम् नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई र रेडियो उद्घोषण बारे आयोजक रेडियोका स्टेशन मेनेजर राजन समिप राईले मूख्य प्रशिक्षण दिएका थिए । त्यस्तै पालिकाका योजना अधिकृत धनकुमार राई, अधिवक्ता सविना राई, पत्रकारहरु दिपक राई, जयराम पूर्वछाने मगर, प्रदिप सिप्तुङ लगायतले पनि प्रशिक्षण दिएका थिए ।

पालिका अध्यक्ष अशोक राईको प्रमुख आतिथ्यमा समापन समारोह गरी सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । साथै प्रशिक्षकहरुलाई मायाको चिनो तथा कदरपत्र प्रदान गरिएको थियो ।

पालिकामा रेडियो स्थापनासंगै भएको तालिमले जनतामाझ सूचना सन्देश प्रवाह गर्ने जनशक्ति निर्माण भएकोमा खुसी ब्यक्त गर्दै अध्यक्ष राईले यसले सुशासन र सूचनाको अधिकार प्रवाहमा टेवा पुग्ने बताए ।