
पहिलो पटक युरोपेली आयोगका प्रमुखमा एक जना महिलालाई प्रस्ताव गरिएको छ । युरोपेली संघ ईयूका नेताहरूल प्रमुख छान्ने क्रममा एक जना महिलालाई प्रस्ताव गरेको हो ।
जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई जाँ क्लोड युंकरको ठाउँमा प्रस्ताव गरिएको छ भने युरोपेली केन्द्रीय ब्याङ्कको प्रमुखमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्डलाई मनोनयन गरिएको हो । निमै लामो दिनका वार्ताले उक्त व्यक्तिहरुको नाम घोषणा गरिएको थियो ।
उक्त क्षेत्रीय समूहको पाँच उच्च पदमा मनोनयन गर्न युरोपेली संघका नेताहरूले ब्रसल्समा तीन दिन बैठक गरेका थिए ।