Friday, February 7News That Matters

आहालमा डुबेर एक बालकको मृत्यु

भोजपुर, साउन १४ गते ।

भोजपुरको थापा टोलमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका – ६ बैकुण्ठे थापा टोल निबासी प्रकाश थापाको छोरा ४ वर्षीय प्रमिश थापाको पानीमा डुवेर मृत्यु भएको हो ।

सोमबार साँझ करिब ६ बजे घर नजिकैको गाई वस्तुलाई पानी खुवाउन बनाईएको आहालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटना स्थल पुगी कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।