
पूर्णपुष्टि/बैशाख, २३
इन्डियामा कोरोना संक्रमणको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ । पछिल्लो समय इन्डियामा संक्रमणको यो संख्या विश्व स्वास्थ्य संगठनको तथ्याङमा देखाइएको छ ।
यता संक्रमितमध्य मर्नेको संख्या १ हजार ५ सय ६६ जना रहेको छ भने १२ हजार ८ सय ४७ जना भने उपचारपछि निको भएको तथ्याङकले देखाएको छ ।
मुम्वाइ सहर इन्डीयको कोरोना केन्द्र विन्दु बनेको छ । नेपालको उच्च सिमा रहेको भारतमा अहिले संक्रमित संख्या बढ्दो छ । यो संक्रमित संकेत नेपालको लागि खतरनाक रहेको छ । हरेक क्षेत्रबाट नेपाल भारतको सिमाना जोडिने भएको हुदा बिभिन्न सिमा नाकाहरुबाट नेपाल भारत आवत जावतको कार्यहरुले नेपाललाई पनि समस्या पर्ने हुन्छ ।
हाल सम्म नेपालमा ८२ जना संक्रमित रहेको छ भने १ जनाको पनि मृत्यु भएको छनै, १६ जना भने निको भइसकेको अवस्था छ ।
