
जयराम पूर्वछाने मगर
बेलका, साउन १७ गते ।
उदयपुरको रामपुर ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक (ईनिस्पेक्टर) नवीन कुमार सिंहको सरुवा भएपछि बिदाइ गरिएको छ । बेलका नगरपालिका – ९ मा रहेको ईलाका प्रहरी कार्यालयमा कार्यरत ईनिस्पेक्टर सिंहलाई शुक्रबार विदाई गरिएको हो ।
नगर प्रमुख दुर्गाकुमार थापा (स्वस्तिक)ले चुनौतिका सामु पनि उत्कृष्ट कार्य सम्पादन गरेकोमा निरिक्षक सिंहलाई धन्यवाद व्यक्त गरे । ईनिस्पेक्टर सिंहको कार्यकालमा राम्रो काम गरेको प्रसंशा गर्दै सर्बसाधरण जनता पनि बिना बर्दिका प्रहरी नै भएकाले शान्तिपूर्ण वातावरण निर्माण गर्न सवैको जिम्मेवारी उतिकै हुने नगर प्रमुख थापाले बताए ।
ईनिस्पेक्टर सिंहले आफ्नो कार्यकालमा नगरबासिले प्रहरीको कर्तव्य र कार्यमा सघाउ पुर्यालएकोमा धन्यवाद ब्यक्त गरे । बेलकामा सवै पक्षको राम्रो साथ सहयोग पाएको उनले बताए ।
ईलाका प्रहरी कार्यालय रामपुरमा गत वर्षको जेठ १५ गतेबाट निरिक्षकका रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । शान्ति सुरक्षासँगै कार्यालय सुरक्षाका लागि घेरावारा, छिटो छरितो सेवा प्रवह गर्नका लागि गाडि खरिद लगायतका कार्य गरेको थियो ।
नगर पालिका, साझेदारी प्रहरी समिति, सहयोगि सहकारी संस्था, ब्याडमिन्टन टिमको संयुक्त योजनामा उक कार्यक्रम गर्दै ईनिस्पेक्टर सिंहलाई विदाई गरेको थियो ।
ईनिस्पेक्टर सिंह महोत्तरि प्रहरी कार्यलयमा सरुवा भए गएका छन् भने रापुरमा ईनिस्पेक्टर रामचन्द्र साह आउने तयारि भएको छ ।