
उदयपुर, साउन १४ गते ।
उच्च अदालत उदयपुरमा हुनु पर्ने माग गर्दै सर्वपक्षिय डेलिकेशन टोली विराटनगर पुगको छ । प्रदेश सांसदहरु, नगरपालिकाका मेयरहरु, राजनीति दलका नेता कार्यकताहरु,नागरिक समाज, पत्रकार, उद्योगी, व्यापारीहरुको प्रतिनिधी टोलीले कानुन मन्त्रि समक्ष माग राखेका छन् ।
नेपाल बार एसोसिएसन उदयपुरको अगुवाईमा गएको टोलीले उदयपुरबाट ओखलढुङ्गामा रहेको उच्च अदालत धाउन खर्च र समय अतिनै खर्चिलो भएको भन्दै उदयपुरमै व्यावस्था हुनु पर्ने माग राखेका थिए ।
एउटा रिट गर्नका लागि कम्तिमा पनि तीन दिन सम्म लाग्ने र न्याय सम्पादनको काम ७० प्रतिशत उदयपुरकै हुने गरेकाले उदयपुरमै व्यावस्था हुन पर्ने माग राखेको थियो ।
ओखलढुङ्गामा भएको उच्च अदातल सार्ने माग नगरेको भएपनि उदयपुरमा बेन्च स्थापना गरी दिन वा पाएक पर्ने गरी विराटनगरमा व्यावस्था गरी दिन जोडदार माग राखेका थिए ।
कानुन मन्त्रिले उदयपुरको वास्तविक समस्यासँग पहिले नै जानकार रहेकाले माग सम्बोधन गराउने र उदयपुरमा उच्च अदालतको स्थापनाको लागि प्रदेशको निमार्ण सहित केन्द्रलाई सिफारिस गर्ने प्रतिबद्धता जनाएको छ ।