
उदयपुर, पुस २९ गते ।
उच्च पदको प्रशंस्सा गर्दै ५४ औँ वार्षीक उत्वसको अवसरमा उदयपुरको एक विद्यालयले सरकारी उच्च पदमा पुगेका पुर्व विद्यार्थीहरुलाई सम्मान गरेका छन् ।
चौदण्डीगढी नगरपालिका वडा नं ६ का ज्योति मावि बेल्टारले ५४ औँ वार्षीक उत्वसको एक कार्यक्रममा सरकारी निकायको उच्च पदमा पुगका ४ जना पूर्व विद्याथीहरुलाई शक्रुबार समान्न गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँमा कार्यरत प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) ठुले राई, शिक्षण अस्पताल महाराजगंज काठमाण्डौँमा कार्यरत सह प्राध्यपक ललिता राई, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान सुनसरीमा कार्यरत अरुण गुप्ता र जिल्ला अस्पताल ईनरुवा सुनसरीमा कार्यरत रमेश बस्नेतलाई दोसला ओढाएर सम्मान पत्रको साथ मायाको चिनोले सम्मान गरेको विद्यालय व्यावस्थापन समितिको अध्यक्ष प्रदिप कुमार केशीले बताए ।
उत्सवको अवसर पारेर प्राथमिक देखि माध्यामिक शिक्षा हासिल गरि विभिन्न क्याम्पसहरु अध्ययन गर्दै सरकारी सेवामा प्रवेश गरि उच्च पदमा पुगेका ४ जना पूर्व विद्याथीहरुलाई विद्यालयले सम्मान गरेको केशीले बताए ।
२०२१ सालमा स्थापना भएको विद्यालयले लाखौँको संख्यामा विद्यार्थीहरु उत्पादन गरि सयौँ सरकारी सेवामा प्रवेश गरि राष्ट्रको सेवा गरिरहेको मध्येमा पनि विशिष्ट श्रेणी तथा उच्च पदमा पुगेका ४ जनालाई मात्रै सम्मान गरेको केशीले बताए ।
समाजमा रहेको एक प्रकारको नकारात्मक भ्रमलाई चिरफार गरि अभिभावकको विश्वासलाई अझ बलियो बनाई पूर्व विद्यार्थीहरुको भेटघाट गराउने उद्देश्यले कार्यक्रम गरिएको केशीले बताए । सरकारी विद्यालयमा अध्ययन गरि सरकारी उच्च पदमा समेत पुग्न सफल हुने उदहरणीय पात्रहरुलाई सम्मान गरिएको केशीले बताए ।
आउदो दिनहरुमा पनि यस्ता उच्च पदमा पुग्ने भूत पूर्व विद्यार्थीहरुलाई सम्मान गरि नयाँ जोसजागर बोकेर अध्ययन गरिहेका विद्यार्थीहरुलाई हौसल्ला प्रदान गर्ने विद्यालयको प्रध्यानध्यापक अम्रेन्द्र झाले बताए । निशुल्क नेपाली र अंग्रेजी दुवै माध्यबाट पठन पाठन गराउदै आएको झाले बताए ।
पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दा नयाँ विद्यार्थीहरुमा एक किसिमको उर्जा शिर्जना हुने र पठन पाठनमा पनि केहि परिवर्तन आउने आशा लिएको झाले बताए । सरकारी उच्च पदमा पुग्न सानो तिनो मेहनतले नहुने भएकोले राम्रो मेहनत चाहिने भएकाले विद्यार्थीहरुमा केहि परिवर्तन आउने आशा लिएको झाले बताए ।
सम्मानित पूर्व विद्यार्थीहरुले आफ्नो विद्यार्थी जिवन तथा सहपाठी र गुरुहरुको स्मरण गर्दै सम्मानको प्रसंसा समेत गरेका थिए । आफ्नो बाल्यकाल र घरपरिवारको सहयोग त्यतिबेलाको अवस्था अनि अहिले पाएको पद र सम्मानको गौरवमय प्रशंसा गर्दै विद्यार्थी जिवनको स्मरण गरेका थिए ।
विद्यालयले वार्षीक उत्सव सँगै पूर्व विद्यार्थीहरुको सम्मानले समाजमा परिवर्तन र सकारात्मक सोच ल्याउने भएकाले पठन पाठनमा समेत परिवर्तन आउने चौदण्डीगढी नगरपालिकाको मेयर खगेन्द्र राईले बताए । पूर्व विद्यार्थी मात्र नभई राष्ट्रको एक महत्व पूर्ण पद सम्मालिरहेका पदको सम्म सम्मान भएकोले एक देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुमा नयाँ जोस जागर थपिएको राईले बताए ।
पालिकाको गुरुयोजनामा विकासको पूर्वधारमा पनि शिक्षा र स्वास्थ्यलाई विशेष प्रथमिकतामा राखिएकोले शिक्षा नयाँ आयाम ल्याउने राईले बताए । विद्यालयले यस्ता विद्यार्थीहरु अझै थुप्रै जन्माउनु पर्ने आवश्यकता परेकाले शिक्षा क्षेत्रमा पालिकाले गर्न सक्ने सहयोग गर्न तत्पर रहेको राईले बताए ।