
पूणर्पुष्टि, मंसिर १४
उडिरहेको हेलिकप्टरमा चिल ठोक्दिा हेलिकप्टरको अगाडी पटीको सिसा फुटेको छ । आईतबार बाग्लुङको गलकोट हडियाबाट यात्रु बोकेरे उडिरहेको कैलाश एयरको हेलिमा चिल ठोक्किएपछि अकास्मत अवतरण गर्नु परेको छ ।
गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजङ्ग भण्डारी सोहि हेलिमा सवार थिए । चिल ठोक्किएको झन्डै २ मिनेटमा पाइलट दीपक पुनले हेलिकप्टर आकस्मिक अवतरण गरेको उनले बताए ।
भण्डारीका अनुसार करिब दुई हजार मिटर उचाइमा उडिरहेका बेलामा एक्कासी चिल देखा पर्यो र पाईलटले चिल छल्न खोज्दा जता हेली लग्यो चिल पनि उतै चिल गएपछि चिल संग हेली ठोक्किएको भण्डारीले बताए । चिल ठोक्किएर हेली भित्रै छिरेर ढोका बाट निस्केको भण्डारीको भनाई छ । म बसेको ठाउँमा चिल ठोक्कियो, पाइलटतिर साइडमा ठोक्किएको भए त आकस्मिक अवतरण गर्न पनि गाह्रो पर्ने रहेछ,’ भण्डारीले भने
उक्त हेलिकप्टरमा भण्डारी, पाइलट पुन, अमृत खत्री, सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल गरी ६ जना सवार थिए । उनीहरू साढे १२ बजे बागलुङ हटियाबाट काठमाडौंतर्फ उडेका थिए ।
भण्डारीको हात र घुँडामा सामान्य चोट लागेको छ । अरूलाई भने केहि पनि नभएको भण्डारीले बताए ।
