उदयपुर, फागुन २१ गते ।
किराँत भाषा, सस्कार, सस्कृति र पहिचान बोकेको मुन्दु पदमार्गलार्ई पूर्वको एक उत्कृष्ट्र पदमार्ग तथा पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने भएको छ ।
भोजपुर जिल्ला अन्र्तरगतका पदमार्गलाई मध्यपहाडी क्षेत्रका नमूना पर्यटकीय क्षेत्रको रुपमा प्रवद्र्धन गर्न मैयुङ टेम्के साल्पा सिलिचङ पर्यटन प्रवद्र्धन केन्द्रले विकास गर्ने भएको हो ।
सरकारले नेपालको घुम्नै पर्ने एक सय गन्तव्यहरुमा मुन्दुम पदमार्गलाई पनि छनोट गरेकाले प्रवद्र्धनका लागि केन्द्रले गतिविधि बढाएको छ । करिब एक सय किलोमिटर लामो दुरीको पदमार्ग पुरा गर्न १३ दिन लाग्ने भएको छ ।
भोजपुर र खोटाङको सिमाना चखेवा भञ्ज्याङबाट मुन्दुम ट्रेल शुरु भई छिनामुखु, मेरुङडाँडा, हासपोखरी मैयुङ डाँडा, लौरीडाँडा रावाटार, साल्पा सिलिछो, सुन्तले हुँदै भोजपुर बजारसम्म पुग्नेछ ।
पदमार्ग किराँत भाषा, संस्कार, संस्कृति, किराँत मौलिक पहिचान, प्राकृतिक सौन्दर्यतले भरिपूर्ण, जडीबुटी तथा जैविक विविधताले भरिपूर्ण रहेको छ । यहाँबाट सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर भन्दा अग्लो ५ वटा हिमालको अवलोकन समेत गर्न सकन्छ ।
पदमार्गको पहिलो चरणमा पदयात्री बस्ने अस्थायी पूर्वधारको निर्माण गरिने छ । आगामी भदौ देखि शुरु गरिने भएको छ । उक्त पदमार्ग नेपालकै सबैभन्दा छोटो गन्तव्यको हुने र उक्त पदमार्गबाट हिमाल, पहाडको अनुभव गर्न पाईनेछ । भने सप्तकोशीमा ¥याफ्टिङ र कोशी टप्पुमा वन्यजन्तु अवलोकनसमेत गर्न पाइन्छ ।
सुरुवाती चरणमा पर्यटक आवतजावत सहज गर्न र यसको प्रवद्र्धनका लागि गुरुयोजना तथा आधारभूत पूर्वाधारका लागि पाँच करोड ८५ लाखको बजेट प्रस्ताव गरिएको केन्द्रले जनाएको छ । सँगसँगै यो पदमार्गमा प्याराग्लाइडिङ, अल्ट्रा म्याराथनलगायतका गतिविधि सञ्चालन गर्न सकिनेछ ।
पदमार्गको विकासका लागि टेम्के मैयुङ गाउँपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ । भने नेपाल पर्यटन बोर्डले सङ्केत चिह्न, सूचना पाटी निर्माणका लागि १० लाख बजेट छुट्याएको केन्द्रले जनाएको छ ।